युद्धपीडित बालबालिकाको प्रश्न- यस्तो हातले कस्तो भविष्य लेखौं ? | Khabarhub Khabarhub

युद्धपीडित बालबालिकाको प्रश्न- यस्तो हातले कस्तो भविष्य लेखौं ?



नेपाल एक दशक सशस्त्र विद्रोहको चपेटामा प-यो। हजारौं निर्दोष नागरिक मारिए। घाइते हुनेहरुका शरीरमा लागेको घाउको खाटा अझै बसेको छैन्। विद्रोही र सुरक्षाकर्मीतर्फ थुप्रै क्षति भयो। दशकौंसम्म विकासका काम अवरुद्ध भए। समाजका बहुआयामिक पक्ष प्रभावित बने। द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका मानवअधिकार हनन्को विषयमा पीडित पक्षलाई न्याय दिन सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदबाट भर्खरै पारित भयो। पीडितले पाउने राहत र पीडकले पाउने सजायका विषयमा माथापच्ची चलिरहेकै छ। यति हुँदाहुँदै पनि नेपाली समाजको सहिष्णु चरित्रका कारण समाज सबैको अस्तित्व रहने सलादजस्तै बनेर बसेको छ। पीडित र पीडक भनिएका नै जन्ती मलामीमा सहयात्री बनेका छन्।

नेपालजस्तै गृहयुद्धमा फसेको अफ्रिकाको सिरियामा पनि मुटु हल्लाउने डरलाग्दा घाउ छोडेर गएको छ। ती घाउको असर कैयौं वर्षसम्म पनि रहिरहने जस्तो देखिन्छ।

सियरालियोनमा आठ वर्षसम्म चलेको गृहयुद्ध अहिले टुंगिएर शान्ति छाएको देखिए पनि विद्रोही सैन्यहरुले मच्चाएको आतंकले कयौं निरपराध नागरिक बालबालिका अंगभंग भएका छन्।

नेपालजस्तै गृहयुद्धमा फसेको अफ्रिकाको सिरियामा पनि मुटु हल्लाउने डरलाग्दा घाउ छोडेर गएको छ। ती घाउको असर कैयौं वर्षसम्म पनि रहिरहने जस्तो देखिन्छ।

मानअधिकारवादीको अनुमान गरेअनुसार हजारौं नागरिक मर्नु न बाँच्नुको दोसाँधमा रहेका छन्। त्यस्तै अवस्थामा पुगेका दुईजना पीडितले सञ्चारकर्मीलाई सुनाएको कथा व्यथा मुटु हल्लाउने खालको छ।

इजातु कार्गबो १३ वर्षीया किशोरी हुन्। स्थानीय किसान अलिम्यानी कार्गबोका सात सन्तान मध्येकी एक इजातु आफ्नो घर रहेको सहरमा युद्ध भड्किएपछि फ्रिटाउनभन्दा २० माइल दक्षिणी भागमा पर्ने स्यामुअल गाउँमा बस्थिन। त्यो बेला इजातु काकीको साथमा मेडिकल चेकअपको पर्खाइमा बसिरहेकी थिइन। त्यतिबेलै विद्रोही छिमेकी घरमा आए। अरु बयान उनकै शब्दमा:

बुधबारको दिन एकदमै घमाइलो थियो। विद्रोही म बसेको घरमा दिउँसो चार बजेतिर आए। तिनीहरु दुई जना थिए। एउटा मेरो बाबाको उमेरको थियो। अर्को आलोकाँचो थियो। किशोर उमेरमा टेक्दै गरेकोले हातमा बन्चरो लिएको थियो। बन्चरो बाहेक उनीहरुसँग अरु कुनै हतियार थिएन। पोसाक पनि सामान्य थियो। लुगा मैलोधैलो लगाएका थिए। त्यसबखत छरछिमेक सहित हामी १५ जना जति थियौं। विद्रोहीको नाइकेले हामीमध्ये ६ जनालाई समात्यो। उनीहरुले हिँडाएरै विद्रोहीहरुको ब्ल्याक ट्याङकलिन भन्ने ठाउँमा रहेको आफ्नो अखडामा पु-याए। त्यसबेला म डरले कामेकी थिएँ। किन ल्याएका हुन र के गर्छन भन्ने अत्तोपत्तो थिएन।

मसँगै रहेका बालबालिकाहरु रोइरहेका थिए। कति त सहारा खोज्दै चिच्याउँथे। म पनि बडो आपतमा थिएँ। होसहवास थिएन। त्यहाँ दाउराको चाङ लाएर आगो बालिएको थियो। लाग्यो त्यही आगोमा मलाई पनि हाल्छन्। विद्रोहीहरु हाँसखेल, ख्यालठट्टामा रमाएका थिए। तर हामीलाई समातेर ल्याउने मानिस न हाँस्थ्यो, न ठट्टा रुचाउँथ्यो। चुपचाप थियो। उसको अनुहार एकदमै विरुप थियो। अनुहार निलो थियो।

उसले निर्ममतापूर्वक मेरो हात बन्चरोले छिनाउने घोषणा सुनायो। मैले त्यसो नगर्न पटकपटक आग्रह गरें। त्यो मानिस अरुको कुरा सुन्ने खालकै थिएन। मेरै अगाडि अरु चारजनाले त्यो पीडादायी सजाय भोगिसकेका थिए। हात काटिनेमा म पाँचौ नम्बरमा थिएँ। मेरो शरीरबाट हात छुट्टिएको पीडाले म जमिनमै ढलें। यो के किन भइरहेको छ, त्यसको उत्तर पनि मसँग थिएन। बढी उमेरकाहरु शारीरिक कष्ट नपु-याउन बिन्ती गरिरहेका थिए भने केटाकेटी कर्कस आवाज निकालेर रोइरहेका थिए।

यो सबै काम तमाम हुन मात्र आधा घण्टा लागेको थियो। म घर फर्किएँ। मेरी काकी मेरो यो अवस्था देख्नासाथ कहालिएर रुनुभयो। एउटा विद्रोहीले देखेर त्यसरी रोए मारिदिने धम्की दियो। त्यो दिन म गाउँको एउटा मानिस नबस्ने पुरानो घरमा आश्रय लिएर बसें। भोलिपल्ट केही चहलपहल रहेको सार्वजनिक स्थलमा पुगेँ। म बसिरहेको एउटा विद्रोहीले देख्यो। मेरो शारीरिक दुरावस्था देखेपछि खै कस्तो दया आयो कुन्नि, मलाई समर टाईम क्लिनिक लिएर गयो।

क्लिनिक डाक्टरबिहीन थियो। यद्यपि पुरुष नर्स थिए। त्यो विद्रोहीले मलाई एक कचौरा भात दियो। तर अरु विद्रोहीले त्यो भात मबाट खोसेर लगे। यो घटना कसैलाई बताएमा मारिदिने धम्की उनीहरुको थियो। केही दिन म त्यही क्लिनिककै पाहुना भएर बसेँ। एकदिन रेडक्रस आएर मलाई अस्पताल लग्यो।

म फेरि स्कुल जान चाहन्छु। त्यो घट्ना भएदेखि म स्कुल गएकी छैन। मलाई थाहा छैन- यो ठूटो हातले म कसरी लेख्न सक्छु ? केही खान र कपको पानी उठाएर पिउन बाहेक अरु कुनै काम गर्न मबाट सम्भव छैन। कहिलेकाहीँ बुबासँग जंगल जान्छु। उहाँ जंगलबाट दाउरा काटेर बेच्नुहुन्छ। म मेरो लुगा आफैं धुन्थें। खाना पकाउँथें। अब हेर्नुस त मेरो जीवन आफ्नै लागि बोझ भएको छ। म मेरा साथीभाइ, घरमा बहिनीहरुसँग खेल्थेँ। अहिले घरमा सीमित छु।
मेरा काटिएका हात छन्। तर सौभाग्य मेरा साथी कसैले जिस्काउँदैनन। हेय भावले हेर्दैनन। बरु के मद्दत गरौं भन्नेमा प्रतिस्पर्धा छ। मेरा धेरैजसो साथीहरु फ्रिटाउनमै बस्छन्। म त्यहीँ जान चाहन्छु। मेरी काकीलाई भेट्ने धोको छ। तर म सधैंका लागि त्यहाँ बस्ने रुचि छैन। किनकी त्यहाँ मेरो उचित हेरचाह हुने छैन।

मेरो बाबु अत्यन्त दयालु र सज्जन हुनुहुन्छ। फिरन्ते जीवन उहाँलाई प्रिय लाग्छ। विद्रोहीले विनाकारण मेरो भविष्य बिगारिदिएकोमा उहाँ रुष्ट हुनुहुन्छ। फ्रिटाउनस्थित हेण्डिक्याप इन्टरनेशनलको क्लिनिकमा गएर मैले कृत्रिम हात लगाएको छु। चम्चा पक्रिन नै ठूलो संघर्ष गर्नुपरेको छ। अब त आफ्नो जीवनशैली हेरेर कहिले रिस उठ्छ त कहिले हाँसो लाग्छ।
अब्दुल सानकोह २७ वर्षीय शिक्षक हुन्। त्यसो त उनी अघिल्लो महिनासम्म शिक्षक पेशामा थिए। त्यो बेला सरकार र विद्रोहीबीच झगडा चर्किएपछि विद्यालय बन्द भएको थियो। अहिले उनी बेरोजगार छन्। फ्रिटाउनको एउटा अंगभंग उपचार केन्द्रमा बस्छन्। लगातार तीन दिनसम्म पानी समेत नखाई जंगलमा लडाइँ गरेपछि उनी र अर्का साथी आँप खोजेर साथीहरुलाई लगिदिने उद्देश्यले गाउँ पसेका मात्रै के थिए, एउटा दर्दनाक परिस्थितिले उनीहरुलाई पर्खिरहेको रहेछ। उनको स्मरण यस्तो छ।

हामीहरुले आँप पायौं। आँप लिएर पुनः जंगलतिरै फर्किरहेका थियौं। त्यसैबखत हामीले दुईजना विद्रोही जवान भेट्यौं। उनीहरुले बन्दुक तेस्र्याएर हामीलाई रोके। उनीहरुले आँप झार्न आदेश दिए। हामीले भनेको मानेर टन्न आँप दियौं। भनेको मानेपछि मुक्ति पाइला भन्ने विश्वास थियो। त्यसपछि त झन् सातो टिपेर हप्काउँदै डोरीले बाँधेर आफ्नो कब्जामा लिए। ती दुई जनाले हामीलाई गाउँमै ल्याए। त्यहाँ अरु विद्रोही छ्यापछ्याप्ती थिए। तिनीहरुले हामीजस्तै अरु पाँच जनालाई पनि समातेर राखेका रहेछन्।


ती पाँचमध्ये दुई महिला, दुई बच्चा र एक बृद्ध थिए। सबै विद्रोही एके ४७ राईफल बोकेका थिए। कसै कसैसँग त रकेट सहितका लन्चर पनि थिए। विद्रोहीमध्ये धेरै ४० वर्ष सरदरका थिए। २० वर्षमुनि र माथिका युवाहरु पनि प्रशस्तै थिए। उनीहरुले सामान्य पोसाक लगाएका थिए। लुगा सफा थिएन। सम्भवत तिनीहरुले धेरै समय झाडीमा बिताएका थिए।

अखडामा पु-याएपछि हामीलाई ल्याउने कमाण्डरले अरु तीन विद्रोहीलाई बोलाएर हाम्रो निगरानी गर्न अर्ह्ययो। झाडी र वरपरका घरहरुमा यत्र, तत्र विद्रोही लुकेर बसेका प्रत्यक्ष देखिन्थ्यो। घरको बरण्डा नजिकै आगो बालिएको थियो। विद्रोहीहरु बेफिक्री ढंगमा कुराकानी गर्दै थिए। उनीहरु लडाइँ झगडा मच्चाउन उत्तेजित देखिन्थे। एम्बुसमा पारेर त्यहाँ ल्याइएका मानिसलाई यही आगोको लप्कामा हुत्याउनु दिनचर्या जस्तै थियो।

यो दृश्यले म भयभीत भएँ। भविष्यमा आफू पनि त्यही आगोको पाहुना हो भन्ने कल्पनाले आँसु र पसिनामा डुब्न थालें। लगालग दुई जना मानिसमाथि त्यो आततायी व्यवहार गरेको आफ्नै आँखाले प्रत्यक्ष देखें। मर्नुअघि उनीहरु कोकोहोलो गर्दै चिच्याइरहेका थिए। यता मेरो हालत मुढो हालतमा थियो। म र मेरो साथीलाई दुवैको ढाड जोडेर बेस्सरी बाँधिएको थियो। आगोमा हुत्याउने काममा पाँच, सात विद्रोही सामेल थिए। अरु विद्रोहीहरु घर, बाटोमा खानतलासी लिइरहेका हुन्थे। हामीले पनि त्यही नियति व्यहोर्नुपर्नेमा शंका थिएन।

सात जनाको ज्यान लिइसकेपछि विद्रोहीमा भनाभन जस्तो देखियो। बुझ्दै जाँदा त्यो विवादको जड उनीहरुको नियन्त्रणमा रहेका हामी दुई जना रहेछौं। एउटा समूह हामीलाई मार्ने पक्षमा अडिग थियो भने अर्को समूह अहँ यिनीहरुलाई खाद्यान्न बोक्ने भरिया बनाउनुपर्ने मत राख्दो रहेछ। मेरो बुबा किसान हुनुहुन्थ्यो। मैले उनीहरुलाई आफू विशुद्ध किसान भनेर ठगें। मैले त्यसो भन्नुको कारण के थियो भने शिक्षक र प्रहरी विद्रोहीका नजरमा परमशत्रु थिए। शिक्षक र प्रहरी भन्ने चाल पाउनासाथ सीधै गोली हान्थे।

त्यतिबेलै एउटा विद्रोही आयो। संयोग कस्तो प-यो भने उसले मलाई चिनेको बतायो। यद्यपि मैले भने उसलाई चिनेको थिइनँ। उसको शारीरिक र भावनात्मक हाउभावले मलाई लाग्यो, उसले मलाई बचाउने छ। तर मेरो सोच उल्टो निस्कियो। उसकै कारण मैले यो नारकीय जीवन जबर्जस्त घिसार्नु परेको छ। मेरो सातो लिँदै उसले धम्काउने शैलीमा भन्यो- ‘मैले तँलाई चिनेको छु। तँ शिक्षक होस। तँ सँग अर्को प्रहरी साथी पनि छ।’ त्यसपछि त के थियो र, कालो अरिंगालले झैं घेरा हालेर प्रहरीका बारे सोधपुछ गर्न थाले। मैले लाख तर्क दिएर आफू त्यसबारे अनभिज्ञ भएको प्रष्टिकरण दिएँ। मेरो तर्कले उनीहरुको कानमा बतास लागेन। बरु मार्ने धम्की दिन थाले।

कमाण्डरले एक विद्रोहीलाई मार्न निर्देशन दिए। तर निर्देशन दिएको व्यक्ति हच्किएर त्यसो नगर्ने बतायो। उसले यसअघि कसैलाई मारेको रहेनछ। निर्देशन पालन नगर्नेको बन्दुक खोसेर कमाण्डरले उसैको ज्यान लियो। स्थिति झन् तनावग्रस्त बन्दै गयो। विद्रोही मध्येको यौटाले हात टुक्र्याउने इच्छा रहेको बतायो। मैले त्यसो नगर्न सम्झाउँदै बरु उनीहरुको समूहमा बसेर सघाउने वचन दिएँ। यदि जीवनको भीख नपाउने भए हात टुक्र्याउनु भन्दा सीधै छातीमा गोली हान्न आग्रह गरें। अहँ, सुनुवाइ भएन। कमाण्डरले बन्चरो ल्याउन भन्यो। उसको आदेश तत्काल पालन भयो।

तिनीहरुले मेरो दाहिने हात जमिनमा राखे। म चित्कार गर्दै त्यसो नगर्न भनिरहेको थिएँ। उनीहरुले मेरो हात च्वाट्टै काटे। त्यो दृश्य मेरै आँखाले देखिरहेको थियो। हात काटिएपछि मेरा ठुटो हातबाट रगतको फोहोरा बाहिर निस्किएको थियो। नसा बुरुक बुरुक फर्फराएको देखिन्थ्यो। म पागलझैं अर्धमुच्छित अवस्थामा चिच्याइरहेको थिएँ। अहिले म त्यो पीडाको वर्णन गर्न असमर्थ छु। जब उनीहरुले काट्ने प्रयोजनका लागि मेरो अर्को हात पनि ताने, त्यसपछि मेरो आँखा अगाडि अन्धकार बाहेक केही देखिएन। बेहोसीले ढलेको मलाई दोस्रो हात काटिएको अत्तोपत्तो भएन।

केही समयपछि होसमा आएँ। मैले उनीहरुलाई पटकपटक मार्न आव्हान गरेँ। म भित्रभित्रै हरेस खाएको थिएँ। गरी खाने हातै नभएपछि बाँच्नु मर्नुको दुरी नै फरक थिएन। मैले बढी हल्ला गरेको भन्दै उनीहरु आपत्ति जनाए। अन्ततः बढी बोल्ने मुखको उपचार स्वरुप विद्रोहीहरुले ओठ पनि काटिदिए। धेरै रगत बगेपछि म अचेत भएँ। होसमा आउँदा मेरा ओठ झुण्डिरहेका थिए। धन्न त्यो अवस्थामा पनि मैले आफूलाई सम्हालिरहेको थिएँ। ममाथि गरिएको कारवाहीबाट विद्रोहीहरु प्रफुल्लित भए क्यारे, मलाई जाने अनुमति दिए। आफ्नै गाउँतिर लागें।

तीन माइल हिँडेपछि शान्ति स्थापकहरुको आधार शिविरमा पुगेँ। उनीहरुले मलाई अर्को तीन दिनपछि अस्पताल पु-याए। फ्रिटाउनको कोन्नाउट अस्पतालमा एकजना जर्मन चिकित्सकले मेरो पाखुराको शल्यक्रिया गरे। शल्यक्रियापछि दुईदिन अस्पतालमै बसें। ओठका कारण बोल्न सक्ने अवस्था थिएन। निर्निमेष हेर्ने बाहेक अरु काम सम्भव भएन। अस्पतालमा नर्सहरुले पाइपको माध्यमबाट खानेकुरा ख्वाउँथे। एकहप्ता अघि सम्म हट्टाकट्टा म अहिले अरुको भरमा बाँच्नुपर्ने अवस्थामा पुगें। तीन हप्तापछि मेरी पत्नी मलाई खोज्दै त्यो अस्पताल आइन।

मेरो लागि अहिले सर्वाधिक अप्ठ्यारो काम भनेकै शौचमा जानु हो। यो अवस्थामा मैले भोग्ने कठिनाइको वर्णन शब्दमा पर्याप्त छैन। पत्नीको सहायतामा यी सबै कर्म गर्नुपर्छ। यो अत्यन्तै असहज र नरमाइलो विषय छ। त्यसबाहेक नुहाउने, खाने, लेख्ने विषय उत्तिक्कै कठिन छ। निरन्तरको अभ्यासले गर्दा होला, पिसाब गर्न बानी पर्दै गएको छ। म आफैं कपडा लगाउन सक्दिन। नुहाउनै नसकेपछि भगवानको प्रार्थना गर्न असमर्थ छु। त्यसैले राति सुत्ने बेलालाई मैले प्रार्थनाको उचित समय बनाएको छु।

प्रार्थना गर्दा म भगवानसंग क्षमा माग्छु। त्यसपछि म मेरो भविष्यको जीवनमा मलाई सहयोग गर्ने व्यक्तिको माग गर्छु। त्यसो त त्यो कामको लागि मेरी श्रीमती छँदैछिन तर विना पैसा मेरो घरपरिवार कसरी पालिन्छ ? मेरी श्रीमतीको सबै समय मेरो स्याहारमा सकियो भने बुढा भएका बाआमाको अवस्था कस्तो होला ? बच्चाबच्चीको शिक्षा, स्वास्थ्यको अवस्था के होला ?

अहिले म नक्कली हात पाउन पर्खेर बसेको छु। तर यो कुरा पनि सरकारको जिम्मामा छ। मैले नक्कली हात पाइन भने केही पनि गर्न सक्ने छैन। यदि सरकारले आफ्नो कर्तव्य सम्झिएन भने हामी पनि बद्ला लिने छौं। म आफू त त्यो काम गर्न सक्दिन तर परिवारसंग मलाई यो हालतमा पु-याउनेसंग प्रतिशोध लिन भन्छु। बन्दुक नभए पनि बदला लिने परम्परागत उपायहरु छन्। म देब्रे हात चलाउँछु। उनीहरुले देब्रे हातका लागि मात्र भएपनि सहारा खोजिदिए हुन्थ्यो भन्ने लाग्छ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ५६ बजे

घोराहीमा चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

देउखुरी – दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने

जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन

जनकपुरधाम -व्यवसायीको जग्गा छल गरी लिलाम गरेको आरोप लगाउँदै स्थानीय

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन

अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा