जलस्रोत विधेयक-२०८१ लाई राष्ट्रिय हितमा हुने गरी अघि बढाउनुपर्छ : सांसद बडू  « Khabarhub

जलस्रोत विधेयक-२०८१ लाई राष्ट्रिय हितमा हुने गरी अघि बढाउनुपर्छ : सांसद बडू 


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् ।

सांसद उदयशम्शेर राणाले ऐन नबाझिने गरी कानून निर्माण गर्नुपर्ने बताए । जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामुनि ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने उनले बताए । उनले लगानी आइसकेपछि पनि सहज रूपमा काम अघि बढाउनका लागि सहज कानून बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद दिलेन्द्र बडूले जलस्रोत विधेयक २०८१ मा आयोग गठन गर्ने विषयलाई थप स्पष्ट पार्नुपर्ने बताए । जलस्रोत विधेयक २०८१ लाई राष्ट्रिय हितमा हुने गरी जटिलता हटाइ अघि बढाउनुपर्ने धारणा राखे।

विधेयकलाई समृद्ध बनाउनका लागि आफू लगायत धेरै सांसदहरूले संयुक्त संशोधन राखेको उनले जानकारी दिए । जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने उद्देश्यका साथ सरकारले उक्त विधेयक ल्याइएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  २ : २२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्