वामदेवको गुनासो- मैले प्रधानमन्त्री ओलीसँग भेट्ने समय पाइनँ « Khabarhub

वामदेवको गुनासो- मैले प्रधानमन्त्री ओलीसँग भेट्ने समय पाइनँ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरे ।

सरकारका प्रमुखसँग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए ।

गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटना धेरै हुने गरेको उल्लेख गरे ।

प्राकृतिक प्रकोपका घटना हुनुभन्दा पहिले नै गर्नुपर्ने कामबारे दलका नेताहरूको ध्यान जान नसकेको उनले बताएका छन् ।

गौतमले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए।

गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ३० बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२