वामदेवको गुनासो- मैले प्रधानमन्त्री ओलीसँग भेट्ने समय पाइनँ | Khabarhub Khabarhub

वामदेवको गुनासो- मैले प्रधानमन्त्री ओलीसँग भेट्ने समय पाइनँ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरे ।

सरकारका प्रमुखसँग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए ।

गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटना धेरै हुने गरेको उल्लेख गरे ।

प्राकृतिक प्रकोपका घटना हुनुभन्दा पहिले नै गर्नुपर्ने कामबारे दलका नेताहरूको ध्यान जान नसकेको उनले बताएका छन् ।

गौतमले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए।

गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ३० बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही