राष्ट्रियसभा : ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’ « Khabarhub

राष्ट्रियसभा : ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, ‘सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरू क्षतिग्रस्त भएको, एक जना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रूपमा क्षति भएको छ । यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।’

सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरूलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गरे । उनले नेपालमा पछिल्लो समयमा वातावरण परिवर्तनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखे ।

जलवायु परिवर्तनबारे नेपालमा भए गरेका अध्ययन/अनुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताए । ‘थामे नजिकै रहेका पोखरीहरू कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन’, उनले भने । उनले नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्ने माग गरे ।

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखुम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिए  । उनले विद्युत् नहुँदा सोलुखुम्बुका धेरै स्थानमा उद्योगहरू बन्द भएको सुनाउँदै तत्काल विद्युत्को समस्या समाधान गर्नुपर्ने बताए  ।

सांसद शेर्पाले भने, ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नका लागि सरकारले पहल लिनुपर्छ साथै त्यहाँ रहेका चार वटा पोखरीको जोखिमबारे अध्ययन गरी समाधानका उपाय निकाल्नु जरुरी छ ।’ आगामी दिन सरकारले हिमाली क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ०४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने