राष्ट्रियसभा : ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’ « Khabarhub

राष्ट्रियसभा : ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, ‘सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरू क्षतिग्रस्त भएको, एक जना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रूपमा क्षति भएको छ । यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।’

सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरूलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गरे । उनले नेपालमा पछिल्लो समयमा वातावरण परिवर्तनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखे ।

जलवायु परिवर्तनबारे नेपालमा भए गरेका अध्ययन/अनुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताए । ‘थामे नजिकै रहेका पोखरीहरू कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन’, उनले भने । उनले नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्ने माग गरे ।

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखुम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिए  । उनले विद्युत् नहुँदा सोलुखुम्बुका धेरै स्थानमा उद्योगहरू बन्द भएको सुनाउँदै तत्काल विद्युत्को समस्या समाधान गर्नुपर्ने बताए  ।

सांसद शेर्पाले भने, ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नका लागि सरकारले पहल लिनुपर्छ साथै त्यहाँ रहेका चार वटा पोखरीको जोखिमबारे अध्ययन गरी समाधानका उपाय निकाल्नु जरुरी छ ।’ आगामी दिन सरकारले हिमाली क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ०४ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न