एमालेका दुई केन्द्रीय सदस्यले लिए शपथ « Khabarhub

एमालेका दुई केन्द्रीय सदस्यले लिए शपथ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका दुई केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन् । एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन् ।

गत साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुई जना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने भन्दै अस्तित्व रक्षाको लडाइको साना खेलमा अल्झन नहुने बताए ।

उनले जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरू मोर्चाको खोजीमा रहे पनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ५० बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२