कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू) | Khabarhub Khabarhub

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू)


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ ।

बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ ।

महानगरको टोलीले डोजरको प्रयोग गरेर भ्वाङ परेको सडकलाई मर्मत गरिरहेको छ ।

पछिल्लो समय काठमाडौंका सडक भासिन  थालेका छन् । काठमाडौंमा भूमिगत जलश्रोतको मनपरी उपयोग पनि यसको प्रमुख कारण हो ।
त्यसैगरि खोला पुरेर बनाइएको क्षेत्रमा पनि सडक भासिँदैछ । यसअघि कमलादीमा टुकुचामाथिको सडक भासिएको थियो । सडक भ्वाङ परेपछि जमिनमुनि टुकुचा बगेको अवस्थामा देखिएको छ । ललितपुरमा पनि यसअघि मूल सडक भासिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : २३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका