कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू) « Khabarhub

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू)


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ ।

बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ ।

महानगरको टोलीले डोजरको प्रयोग गरेर भ्वाङ परेको सडकलाई मर्मत गरिरहेको छ ।

पछिल्लो समय काठमाडौंका सडक भासिन  थालेका छन् । काठमाडौंमा भूमिगत जलश्रोतको मनपरी उपयोग पनि यसको प्रमुख कारण हो ।
त्यसैगरि खोला पुरेर बनाइएको क्षेत्रमा पनि सडक भासिँदैछ । यसअघि कमलादीमा टुकुचामाथिको सडक भासिएको थियो । सडक भ्वाङ परेपछि जमिनमुनि टुकुचा बगेको अवस्थामा देखिएको छ । ललितपुरमा पनि यसअघि मूल सडक भासिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : २३ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६