आजका समाचार : परराष्ट्रमन्त्री भारतमा, बेचन झा जेलतिर, युद्धरत रुसमा भूकम्पको ठूलो धक्का | Khabarhub Khabarhub

आजका समाचार : परराष्ट्रमन्त्री भारतमा, बेचन झा जेलतिर, युद्धरत रुसमा भूकम्पको ठूलो धक्का


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको तर्क- यो सरकार भ्रष्टाचार नियन्त्रण गर्न बनेको हो, अनुहार हेरेर कसैलाई छुट दिँदैनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।

नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै उनले अनेक शक्तिहरूले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न सक्नेतर्फ सचेत गराए । उनले केही शक्तिले जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिए।

एमालेका दुई केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका दुई केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन् । एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन् ।

गत साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुई जना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो ।

प्रचण्डले भने- कांग्रेस-एमाले गठबन्धन अपवित्र, आन्दोलन लिएर जनतामाझ जान्छौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।

वि.सं. २०५१ सालमा मारिएका तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यसो भनेका हुन् ।

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

नक्कली शरणार्थी प्रकरणका योजनाकारमध्ये एक बेचन झालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् ।
दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो। बयानका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

त्यसैगरी यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उनले नचिन्ने बयान दिएका थिए । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उनी फरार थिए । झाला असार १४ गते राति कञ्चनपुरबाट पक्राउ गरिएको थियो ।

भ्रष्टाचारी जोगाए यो सरकारलाई बंगलादेशमा जस्तै लखेट्ने अवस्था आउँछ : वर्षमान पुन

संसदीय समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।

टीआरसी विधेयक राष्ट्रिय सभामा पेस

राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयको सहमति अनिवार्य गर्न सुझाव

विज्ञहरूले संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरूले नियमावली बनाउने विषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका छन् ।

जलस्रोत विधेयक-२०८१ लाई राष्ट्रिय हितमा हुने गरी अघि बढाउनुपर्छ : सांसद बडू

नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेकबार गर्न सक्दैन : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकबार गर्न नसक्ने बताएका छन् ।

आइतबार नेपाल फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एक दिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतारचढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढी सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यस तर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदिकरणको विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरता पूर्वक काम गर्नुपर्ने सुझाए ।

भारत पुगिन् परराष्ट्रमन्त्री आरजु राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । राणालाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी राणाले भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।

संसद्‍मा धितोपत्रसम्बन्धी ऐन संशोधन विधेयक, ‘इन्साइडर ट्रेडिङ’ मा कडाइ

अर्थ मन्त्रालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ ।

उयप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक गत साउन २३ गते नै प्रतिनिधि सभामा दर्ता गराएका हुन् ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ कार्यान्वयनमा आएको लामो समय भएको र पूँजी बजारमा आएको परिवर्तनसँगै नियामक निकाय र नियमन कार्यलाई थप प्रभावकारी बनाउन विधेयक दर्ता गराइएको हो ।

विधेयकलाई विद्यमान कानुनी व्यवस्था अनुसार संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यक्ता अर्थमन्त्रालयले देखेको छ । उक्त विधेयक गत असार १७ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

अर्थसंक्षेप : एकै वर्षभित्र १४ खर्ब रेमिट्यान्स भित्रियो, ३४ अंकले घट्यो सेयर

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू)

कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ ।

बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ ।

अन्तर्राष्ट्रिय…

रुसमा ७ म्याग्निच्युडको भूकम्प, ज्वालामुखीको धुवाँ ८ किमिसम्म फैलियो

रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।

रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विस्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।

बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता

थाइल्याण्डमा छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी

संसारमा महामारीको रुपमा फैलिँदै एमपक्स

खेलकुद…

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा खेलको २४औँ मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

इटालियन सिरी ‘ए’ : एसी मिलान र टोरिनोको बराबरी

साउदी सुपर कप : अल हिलाललाई उपाधि

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ५९ बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर