एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ « Khabarhub

एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यद्धय कुन्दन कुशवाहा र मञ्जु शर्मालाई शपथ गराएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।

गत साउन १७ गते एमाले केन्द्रीय समितिको बसेको बैठकले कुशवाहा, शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

एमालेका तत्कालीन पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रभु साहको टीमबाट तत्कालीन केन्द्रीय सदस्य कुन्दन कुशवाहा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र रूपमा चुनाव लडेका थिए । त्यस लगत्तै नेकपा एमालेले प्रभु साह, कुन्दन कुशवाहा र उनका समर्थकहरुलाई कार्वाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

निर्वाचनमा पराजय भोगेका कुशवाहा प्रभु साह नेतृत्वको आमजनता पार्टीको महासचिव रहँदै गत निर्वाचनमा आफूसँग धोका भएको आरोप लगाउँदै केही महिना अघि पुनस् एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : २६ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट