एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ | Khabarhub Khabarhub

एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यद्धय कुन्दन कुशवाहा र मञ्जु शर्मालाई शपथ गराएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।

गत साउन १७ गते एमाले केन्द्रीय समितिको बसेको बैठकले कुशवाहा, शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

एमालेका तत्कालीन पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रभु साहको टीमबाट तत्कालीन केन्द्रीय सदस्य कुन्दन कुशवाहा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र रूपमा चुनाव लडेका थिए । त्यस लगत्तै नेकपा एमालेले प्रभु साह, कुन्दन कुशवाहा र उनका समर्थकहरुलाई कार्वाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

निर्वाचनमा पराजय भोगेका कुशवाहा प्रभु साह नेतृत्वको आमजनता पार्टीको महासचिव रहँदै गत निर्वाचनमा आफूसँग धोका भएको आरोप लगाउँदै केही महिना अघि पुनस् एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : २६ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई