कोलकाता बलात्कार प्रकरण : चिकित्सकको प्रदर्शन जारी | Khabarhub Khabarhub

कोलकाता बलात्कार प्रकरण : चिकित्सकको प्रदर्शन जारी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पश्चिम बङ्गाल – भारतको पश्चिम बङ्गालराज्यको कोलकातामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।

चिकित्सकको यो आन्दोलनको प्रभाब देशका अन्य स्थानहरूमा पनि परेको छ । चिकित्सकहरूले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा स्थानान्तरण गरिएको छ ।

कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन् ।

अगष्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।

कानून र व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ ।

जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनको लागि भारतीय नागरिक सुरक्षा संहिता ९सन् २०२३ पहिले सीआरपीसीको धारा १४४० को धारा १६३ लागू गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ०९ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।