नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार « Khabarhub

नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा हराएका तीन भारतीय र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार गरिएको छ ।

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा उनीहरु बाटो भुलेर जंगलमा नै अलपत्र परेका थिए । भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेललाई आज हलहले खोप (खोल्ची) क्षेत्रमा फेला पारिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले खोजीका लागि सबैमा आह्वान गरेका थिए । हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : २६ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय