परिवर्तनका लागि महिलाको सहभागिता जरुरीः महामन्त्री शर्मा « Khabarhub

परिवर्तनका लागि महिलाको सहभागिता जरुरीः महामन्त्री शर्मा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन् ।

नेपाल महिला सङ्घ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताए ।

“मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उनले भने, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।”

नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला सङ्घका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला सङ्घ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : १३ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट