परिवर्तनका लागि महिलाको सहभागिता जरुरीः महामन्त्री शर्मा « Khabarhub

परिवर्तनका लागि महिलाको सहभागिता जरुरीः महामन्त्री शर्मा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन् ।

नेपाल महिला सङ्घ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताए ।

“मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उनले भने, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।”

नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला सङ्घका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला सङ्घ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना