दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति « Khabarhub

दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आजको बैठकले छ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो ।

व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा उक्त सहमति गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय भएको छ ।

राजमार्गको पूर्वी खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म आर्थिक वर्ष २०८०÷८१ मा एकतर्फी रुपमा हिसाब गर्दा ५५ किलोमिटर खण्ड दुई लेन कालोपत्र भएको हो ।

हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम भइरहेपनि वर्षाका बेलामा कालोपत्र गरेका छैनौ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

पूर्वी खण्डमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ४७ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या