रास्वपाको राष्ट्रिय भेला आज पनि जारी « Khabarhub

रास्वपाको राष्ट्रिय भेला आज पनि जारी


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि जारी रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी भेलामा आज सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

मङ्गलवार सुरु भएको भेलामा कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि हिजो नै छलफल भएको छ ।

भेलाको पहिलो दिन हिजो सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिएको थियो ।

यस्तै, विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राखिएको थियो।

आज सबै प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल हुनेछ । आज प्रश्नोत्तरका लागि तीन घण्टाको समय छुट्याइएको रास्वपाले जनाएको छ ।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ। भेलामा देशभरबाट एकहजार पाँचसय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : १६ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण