खुस्माको प्रिमियर : धिरज र उपासनाको अभिनयको प्रशंसा | Khabarhub Khabarhub

खुस्माको प्रिमियर : धिरज र उपासनाको अभिनयको प्रशंसा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको शीर्ष भूमिकामा रहेको फिल्म ‘खुस्मा’को रेड कार्पेटसहितको प्रिमियर गरिएको छ । कमलपोखरीको एक हलमा बुधबार भएको प्रिमियर शोमा ३०० भन्दाबढी उपस्थित थिए ।

माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशको प्रेम सम्बन्धमा आधारित कथामा बनेको फिल्मको प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र पत्रकार उपस्थित थिए।

प्रिमियरपछि प्रतिक्रिया दिने क्रममा फिल्मकर्मीहरूले धिरज र उपासनाको अभिनयको प्रशंसा गरे । निर्देशक तथा लेखक अशोक थापा मगर नयाँ कथा पर्दामा उतार्न सफल भएको उनीहरूको प्रतिक्रिया छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सो फिल्मलाई दस्तावेजका रुपमा राख्न योग्य रहेको प्रतिक्रिया दिए ।

उनले थपे, ‘मैले आजसम्म २०-२५ वटा सिनेमाको प्रिमियर शो हरेँ । सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थेँ । यसमा दम छ । एक पटक तपाईंले सिनेमा हेर्नु भएन भने वि.सं. २०५२ सालपछिको नेपाल नै बुझ्नुहुन्न ।’

निर्देशक थापाले बताउन खोजेको कथा पर्दामा उतार्न सफल भए जस्तो लागेको अनुभूति निर्देशक निश्चल बस्नेतले  सुनाए ।

उनले भने, ‘निर्देशक आफैँले सिनेमा लेख्नु पनि भएको छ । सम्पादन पनि आफैँ गर्नु भएको छ । त्यसैले पनि सिनेमा निर्देशकज्यूले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला भन्ने मलाई महसुस भयो ।’

उनले नायिका उपासनाको अभिनय मन परेको प्रतिक्रिया दिए । नायक सलिनमान बनियाँले भने फिल्म मन परेको प्रतिक्रिया दिए ।

यही बिहीबारबाट प्रदर्शनमा आउने यस फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक तथा निर्देशक अशोक थापा मगर गरेका हुन् । सिनेमाको निर्माताहरू वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर मगर र बेतान मगर हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : २४ बजे

सुधा शर्मालाई स्वास्थ्यमन्त्री नियुक्त गरिएकोमा नेपाल राष्ट्रिय चिकित्सक संघको आपत्ति

काठमाडौं–  नेकपा एमाले निकट नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडान) ले

छठमा हिन्दू राष्ट्र माग्दै भीम पराजुलीले गरे २८औँ दण्ड प्रणाम यात्रा

काठमाडौं– कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्षपनि छठ पूजाका

किरणको कटाक्ष- ‘प्रदेश सरकार हटाऔँ, क्याण्डीक्रस खेलेर दिन काट्ने सिंहदरबारका कर्मचारी घटाऔँ’

किरण राई (४०) दुई पटक भोजपुरको पौवादुङ्मा गाउँपालिका प्रमुख चुनिए

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।