अन्तर्राष्ट्रिय

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

By खबरहब

September 18, 2024

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग सहकार्य गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सेमिकण्डक्टर प्रणालीको विकास र विविधीकरणका लागि अमेरिकी विदेश मन्त्रालयले भारतीय विद्युतीय एवम् सूचना प्रविधि मन्त्रालयसँग सहकार्य गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय प्रविधि सुरक्षा एवम् नवप्रवर्तन कोषमार्फत् अमेरिकाले भारतसँग यस्तो सहकार्य गर्न लागेको हो । यो कोष सन् २०२२ मा अमेरिकी कंग्रेसको चिप्स विधेयकले स्थापना गरेको थियो ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार यो सहकार्यले थप दिगो, मजबुत र सुरक्षित विश्वव्यापी सेमिकण्डक्टर प्रणाली निर्माण गर्ने अपेक्षा गरिएको छ ।

यो सहकार्यको पहिलो चरणमा हाल भारतमा रहेको सेमिकण्डक्टर प्रणाली, जनशक्ति र पूर्वाधार आवश्यकताको विस्तृत अध्ययन हुने जनाइएको छ ।