इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह « Khabarhub

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ। हिजबुल्लाहले इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरे पछि ५५ इजरायली सेना मारिएको दाबी गरेको छ । साथै ५०० इजरायली सेना घाइते भएको दाबी समेत गरिएको छ । 

इजरायलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमास नेता याया सिनावरको मृत्युबारे भने हिजबुल्लाहले अझै औपचारिक धारणा बाहिर ल्याएको छैन । 

बिहीबार नै इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले ५ जना सेना दक्षिणी लेबनानमा भएको सैन्य अपरेसनको क्रममा मारिएको जनाएको छ । 

समाचारमा जनाइए अनुसार अहिले सिनवार मारिएकै स्थानमा गत महिना ६ बन्दीको शव फेला परेको नजिकै अहिले उनी मारिएको हो । गत वर्ष देखि नै अमेरिकी विशेष अपरेसनले बन्दीको ट्रयाक गर्ने क्रममा हमास नेता पत्ता लगाउन सहयोग भएको हो । मारिने समयमा उनी उत्तरी लेबनानको रफाहाबाट उत्तर तर्फ जाने प्रयासमा थिए । 

यसै गरी बुधवार लेबनानमा भएको आक्रमणमा ४५ जना मारिएको इजरायलले जनाएको छ ।  गाजा र लेबनानमा जनजीवन झनै कठिन बनी रहेको छ । बिहीबार गाबल्य शरणार्थी शिविरमा समेत आक्रमण भए पछि लेबनानको स्वास्थ्य संयन्त्र नै पुरै असफल भएको छ ।

 त्यहाँ शल्यक्रिया गर्न सक्ने एक मात्र अस्पताल अमल अवदान अस्पतालले पनि भार थेग्नै नसक्ने भएको जनाएको छ । अब सफियन स्कुलमा भएको आक्रमणमा २२ जना मर्नुको साथै १५० जना घाइते भएका थिए । 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको