विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित सप्तरी राजविराज नगरपालिका-२ तित्री गाछी बस्ने २९ वर्षीय रोहित कुमार मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ४१८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ पुडी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ७० मिलिग्रामसहित ईटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३६ वर्षीय अग्रदिप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ९८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेटसहित भारत बहराईच रूपैडिया बस्ने ३२ वर्षीय राजा सैयादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी, धनकुटाको धनकुटा नगरपालिका-१ हिले सिरानस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ हिले बस्ने २५ वर्षीय फुर्वा तितुङ (तामाङ) र सोही नगरपालिका न्यूरोड टोल बस्ने २७ वर्षीय छितेन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले शंकास्पद २ जनालाईसमेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय रूपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका-४ बेनिटरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित अर्घाखाँची मालारानी गाउँपालिका-७ बस्ने २२ वर्षीय तिलक पाण्डेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले तिलकसँगै रहेका १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

धनुषाको धनौजी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेटसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ३२ वर्षीय ईश्वर किरने र २० वर्षीय कविराज विश्वकर्मा रहेका छन् । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : ४५ बजे

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न

रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला

‘अनुदान रकम नपाउँदा उद्योग सञ्चालनमा समस्या’

काठमाडौं– निर्यातमूलक उद्योगहरूले विगत लामो समयदेखि सरकारद्वारा घोषित निर्यात अनुदान