सिनवारको मृत्यु भएको हमासद्वारा पुष्टि « Khabarhub

सिनवारको मृत्यु भएको हमासद्वारा पुष्टि


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् ।

एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उनको समूह प्यालेस्टिनी जनताको महत्वाकांक्षा पूरा गर्न आफ्नो मार्गमा जारी रहने बताउदै सिनवारको मृत्युले हमासलाई बलियो बनाउने बताएका हुन् ।

उनले इजरायलबाट गत वर्ष अक्टोबर ७ मा बन्धक बनाएका मानिसहरूलाई गाजामा इजरायली कारबाही समाप्त नभएसम्म र गाजा पट्टीबाट आफ्ना सेनाहरू पूर्ण रूपमा फिर्ता नगरेसम्म रिहा नगरिने बताएका छन्

सिनवारपछि अल-हया हमासका सबैभन्दा वरिष्ठ नेता हुन् । इजरायली सेनाले गाजामा उपस्थित हमास नेता याह्या सिनवार मारिएको बताएको थियो ।

इजरायलले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य षड्यन्त्रकारी सिनवारलाई भन्दै आएको छ । इजरायली सेनाका अनुसार दक्षिणी गाजामा कार्यरत सैनिकहरूले सिनवारलाई भवनभित्र मारेका थिए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : २३ बजे

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त