एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित « Khabarhub

एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली नेसन्स कप फुटबलको आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। यो जितसँगै फ्रान्स समूहमा पहिलो बनेको छ।

समीकरण अनुसार एक गोलको अन्तरले हारेको भए इटाली पहिलो हुने थियो। दोस्रो मिनेटमा नै मार्सेलीका मिडफिल्डर लुकास डिग्नेको कर्नर क्रस बारमा लागेर फर्केपछि रबटले हेड गर्दै गोल गरेका थिए।

३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। इटालीका आन्द्रो काम्बासियोको गोलले इटालीको आशा फर्किएको थियो। ६५ औँ मिनेटमा डिग्नेकै फ्रिकिकमा रबटले हेड गोल गरेका थिए।

सन् १९८३ मा स्विडेनसँग ३-० ले हारे यता इटालीको यो घरेलु भूमिमा सबै भन्दा खराब हार हो। प्रशिक्षक डिडियर डेसक्याम्पले रियल म्याड्रिडका स्टार केलिएन एम्बाप्पेलाई टोलीमा राखेका थिएनन्। सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले हरायो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको