फिल्म ‘अग्निदहन’ : जब ‘बोक्सी’ आरोपमा जलिरहेकी आमालाई बच्चाहरूले हेरिरहे... | Khabarhub Khabarhub

फिल्म ‘अग्निदहन’ : जब ‘बोक्सी’ आरोपमा जलिरहेकी आमालाई बच्चाहरूले हेरिरहे…


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘बोक्सी’ कु-प्रथासम्बन्धी सत्य घटनाबाट प्रेरित फिल्म ‘अग्निदहन’ मंसिर ७ बाट प्रदर्शनमा आउँदै छ । यो फिल्म लोकमणि पौडेललको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्देशक घनश्याम लामिछानेले तयार पारेका हुन् ।

फिल्मबारे जानकारी दिन निर्माण पक्षले हात्तिसारमा आइतबार गरेको पत्रकार सम्मलेनमा पौडेलले ‘अन्निदहन’ उपन्यास हुँदै फिल्म बन्नुका मुख्य घटनाक्रमबारे खुलाएका छन् ।

चितवनकी करिब ४० वर्षीय महिलालाई बोक्सीको आरोपमा जिउँदै जलाएको घटनाले फिल्म निर्माणसम्मको यात्रा तय गरेको पौडेलले सुनाए ।

उनका अनुसार जलाइएकी ती महिना चितवन बगौडा निवासी महतो थरकी हुन् । वि.सं. २०६८ सालमा बोक्सी आरोपमा उनलाई जिउँदै जलाइएको थियो ।

‘म चितवनमै थिएँ । यो घटनामा मेरो कानमा पर्‍यो । के रहेछ भनेर घटनास्थलमा गएँ । त्यहाँ खरानीको थुप्रो मात्रै थियो,’ उनले उक्त घटना स्मरण गरे ।

त्यहाँ पुगेर गाउँलेहरूबाट घटनाबारे थप जानकारी पाउँदा आफू झनै विक्षिप्त भएको उनी सम्झन्छन् ।

भन्छन्, ‘उनलाई परालको आगोमा जलाएर मारिएको रहेछ । उनी उम्किन खोज्दा पटक पटक समातेर आगोमा हालेछन् । यो कुरा उनका बच्चा-बच्चीले झ्यालबाट हेरिरहेका रहेछन् । जसलाई कोठामा थुनिएको रहेछ ।’

यही घटनाबाट विक्षिप्त मनले आफूलाई ‘बोक्सी’ कु-प्रथाबारे कमल चलाउने निर्णय लिन बाध्य बनाएको पौडेल बताउँछन् ।

निर्देशक घनश्याम लामिछाने, लोक गायिका एवम् नायिका तुलसा क्षेत्री र नायिका  प्रमिला तुलाचन (क्रमश: दायाँबाट)

छायाङ्नमा भेटिएका पात्र

पौडेलका अनुसार उपन्यासमा समेटिएका मकवानपुरको हेटौँडाका ८६ वर्षीय वृद्धलाई बोक्सोको आरोपमा जिउँदै आगोमा जलाएर हत्या गरिएको घटना पनि फिल्ममा राखिएको छ ।

करिब दशक अगाडिको यो घटनामा बुवा–छोरा दुवैलाई घरभित्र राखेर जलाइएको थियो, तर संयोगले छोरा चाहिँ बाँचे ।

पौडेल भन्छन्, ‘घरभित्र थुनेपछि पट्रोल छर्केर आगो लगाइएको थियो । त्यो बेला पनि म उपन्यासका लागि केही समयपछि घटनास्थलमा पुगेको थिएँ ।

यो घटना पनि फिल्ममा भएकाले छायाङ्नका लागि सुटिङ युनिट हेटौँडा पुगेको थियो । संयोगले त्यस घटनामा बाचेका ‘छोरा’को भेट सुटिङ युनिटसँग भयो ।

पौडेलका अनुसार ती ‘छोरा’ले सुटिङ युनिटसँग भने, ‘मेरो बुवालाई जलाइएको हो । त्यहाँ म पनि थिएँ तर बाँचे ।’

निर्देशक घनश्याम लामिछानेका अनुसार ती व्यक्तिको शरीरभर जलेको खत थियो, कानको बाहिरी भाग नै थिएन । भन्छन्, ‘कानको भाग जलेर दुलो मात्रै बँचेको थियो ।’

कथाकै पात्र रहेकाले उनलाई पनि फिल्ममा अभिनय गराउने निर्देशक लामिछानेको योजना थियो । ‘छोरा’ले सहमति जनाए पनि छायाङ्नमा सहभागी नभएको लामिछाने बताउँछन् ।

भन्छन्, ‘खोई उहाँ किन आउनुभएन ? पहिला आउँछु भन्नुभएको थियो ।’

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : १५ बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ