युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति « Khabarhub

युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न  स्वीकृति दिएका छन् ।

एक अमेरिकी अधिकारीले द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली  मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए  ।  

 क्रेमलिनबाट भने यो समाचारमा बारेमा  तत्काल कुनै प्रतिक्रिया आएको छैन । रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ । 

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो  रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति  बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको  विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्समार्फत जनाएका छन्।  

आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन् । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : १६ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको