लिट्मस केबल्स र खेलाडी तथा फिटनेस प्रशिक्षक सनमबीच सहकार्य « Khabarhub

लिट्मस केबल्स र खेलाडी तथा फिटनेस प्रशिक्षक सनमबीच सहकार्य


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ ।

राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले उनको समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने कम्पनीले अपेक्षा गरेको छ ।

लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग हात मिलाउँदै नेपालीलाई व्यक्तिगत विकास र सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि हो ।

सहकार्यबारे बोल्दै, लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भनिन्, ‘सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् । उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो- लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।’

कार्यक्रममा सनमले भनिन्, ‘लिट्मस इन्डस्ट्रीजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौँ । म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युतीकरण र विकासलाई ऊर्जा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४८ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक