लिट्मस केबल्स र खेलाडी तथा फिटनेस प्रशिक्षक सनमबीच सहकार्य | Khabarhub Khabarhub

लिट्मस केबल्स र खेलाडी तथा फिटनेस प्रशिक्षक सनमबीच सहकार्य


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ ।

राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले उनको समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने कम्पनीले अपेक्षा गरेको छ ।

लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग हात मिलाउँदै नेपालीलाई व्यक्तिगत विकास र सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि हो ।

सहकार्यबारे बोल्दै, लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भनिन्, ‘सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् । उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो- लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।’

कार्यक्रममा सनमले भनिन्, ‘लिट्मस इन्डस्ट्रीजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौँ । म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युतीकरण र विकासलाई ऊर्जा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४८ बजे

पेस्तोलसहित एकजना पक्राउ

पाटन (ललितपुर)- ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं- काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ