प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी « Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ६ बजेपछि भेटवार्ता हुने भएको हो ।

सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल हुने खबरहबलाई बताएको छ ।

पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।

सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सुरुवाती अवस्थामा सरकारले गति लिन नसकेको स्वीकारेका थिए । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन् ।

सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा ३/३ जना मन्त्री फेर्ने गरि तयारी थालेको स्रोतले बताएको छ । तर फेरिने मन्त्रीबारे दुवै पक्षका शीर्ष नेताले अहिलेसम्म केही बोलेका छैनन् ।

दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ । शक्तिशाली भएर पनि सरकारले‍ गति लिन नसकेको आलोचनाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका दुई नेता संवादमा जुट्दैछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका