देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : उपाध्यक्ष ज्ञवाली « Khabarhub

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : उपाध्यक्ष ज्ञवाली


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् । 

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमानदार र मेहनती हुनुपर्ने धारणा राखे। उनले जनताको बहुदलीय जनवादको सार समाजको  रूपान्तरण भएको उल्लेख गरे।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उनले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पारे। 

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताए । 

उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताए। 

उनले भने, ‘पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।’

उनले वर्तमान सरकार विकास र समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको सन्दर्भमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ५५ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम