प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ७ बजेपछि भेटवार्ता भएको हो ।

उनीहरूबीच साँझ ६ बजे भेट हुने तयारी थियो । तर सभापति देउवा गृहमन्त्री रमेश लेखकसहित कांग्रेसका नेताहरूसँग आन्तरिक संवादमा जुट्दा एक घण्टा ढिला भएको हो ।

सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुँदैछ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल भइरहेको खबरहबलाई बताएको छ ।

पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ । यस्तोमा एमाले र कांग्रेसबाट कम्तीमा ३/३ जना मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

अर्कातिर आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदैछन् । उक्त भ्रमणमा चीनको महत्वाकांक्षी बीआरआई परियोजनालाई अघि बढाउन हस्ताक्षर हुने सम्भावना छ । यदि कांग्रेस सहमत भएको खण्डमा प्रधानामन्त्री ओली बीआरआईलाई अघि बढाउने गरी सम्झौता गरेर आउने तयारीमा छन्।

यसबारे पनि दुई नेताबीच संवाद भइरहेको बताइएको छ । बीआरआई लिँदा ऋण या अनुदान भन्नेमा विवाद छ ।

एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।

सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सुरुवाती अवस्थामा सरकारले गति लिन नसकेको स्वीकारेका थिए । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन् ।

दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ । शक्तिशाली भएर पनि सरकारले‍ गति लिन नसकेको आलोचनाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका दुई नेताले संवाद गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका