एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ? « Khabarhub

एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो क्वालिफायर भिडन्त हुँदैछ। प्रतियोगितामा अब्बल देखिएका सुदूरपश्चिम र जनकपुरले तालिकाको पहिलो र दोस्रो स्थान बनाउँदै पहिलो क्वालिफायरमा भेट पक्का गरेका हुन्।

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो भने १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।

पहिलो क्वालिफायरमा विजेता टिम सिधै फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। दोस्रो क्वालिफायरमा इलिमिनेटरमा विजयी टिमसँग प्रतिस्पर्धा गर्दै पहिलो क्वालिफायरमा पराजित टिम फाइनल पुग्नसक्छ। तर दोस्रो क्वालिफायरमा पराजित भएमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्नेछ। दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२:१५ बजे सुरु हुनेछ।

पहिलो भेट: सुदूरपश्चिमसँग ५१ रनमा समेटिएको थियो जनकपुर

एनपीएलको लिग चरणमा शानदार प्रदर्शन गरिरहेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का दिएको थियो। मंसिर २६ गते बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो। यो भेटले जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको थियो।

त्रिवि मैदानमा टस हारेर जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाउँदा ईशान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट हात पार्दा ३५ रन खर्चिएका थिए भने श्री मल्ल र अरनिको यादवले दुईदुई विकेट लिँदा हर्ष थाकरले एक विकेट हात पारेका थिए।

सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको थियो। यो एनपीएल लिग चरणकै सबैभन्दा कम रनसमेत हो।

पहिलो भेटमा जनकपुरलाई झुकाउन सुदूरपश्चिमको बलिङलाइन चुस्त देखिएको थियो। जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हर्मित सिंहले दुईदुई विकेट हात पार्दा नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एकएक विकेट लिएका थिए।

फाइनल शनिबार : विजेताले कति पुरस्कार पाउँछ ?
नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ। उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ। एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन्।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ३१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर