मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन « Khabarhub

मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ। गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकाेमा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ।

काठमाडौं  उपत्यकामा नौ वटा मालपोत कार्यालय छन्। तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रु सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व सङ्कलन गरेको  छ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व सङ्कलन गरेको छ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्ट्रेशन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ। त्यस्तै, एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ५३ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ