मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन « Khabarhub

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे ।

‘केही मान्छे भन्छन्, कामना गर्छन्, यो सरकार ढलिजाओस् भन्छन् । केहीले त जथाभावी बोल्न थाले, अति नै गर्न थाले । अस्ति पुष्पकमल दाहाल प्रचण्ड र रविवाला सरकार हुँदा त्यसै गर्थे । त्यस्तै कुरा अहिले दोहोर्‍याउन चाहेका छन्’, ‌ओलीले भने, ‘तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् ।’

मा‌ओवादी र रास्वपातिर लक्षित गर्दै ‌ओली आयु सकिएपछि कमिलाको पनि पखेंटा पलाउने बताए । ‘समय सकियो भने कमिलाको पनि पखेंटा पलाउँछ । कमिलाले पखेंटा पलाएछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ’, उनले भने, ‘यिनीहरूलाई पनि त्यस्तै भएको छ। सरकारलाई सरापेको सराप्यै छन् तर यो सरकार समृद्धि र स्थायित्वको लक्ष्य पूरा गर्न बनेको हो ।’

ओलीले भ्रष्टाचारले सीमा नाघेको, राजनीतिक नृत्य गरेको देख्न नसकेपछि कांग्रेस र एमाले मिलेको बताए ।

‘हेर्दा हेर्दै भ्रष्टाचारको कुनै सीमा रहेन । जनताले भन्न थाले, एमाले र कांग्रेस जस्ता पार्टी हुँदा हुँदै यी कसका नाच हुन् ? अरु कलाकार बनेर धुमाधाम नाच्न थालेका थिए । त्यसपछि हामीले त्यसलाई सच्याउनुपर्छ भनेर मिलेका हौँ । दुई दलले देशमा स्थिरता कायम गरेर सुशासन र विकास फर्काउन लागेका छन् ।’

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरण ०८४ सम्मै अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामबाट जनता निराश भएपछि ठूला दल एकै ठाँउ उभिएको बताए ।

अहिलेको सरकारले सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाग्ने उनको भनाइ छ । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएको भन्दै जातीय छुवाछुतलाई निर्मुल पार्न विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ०१ बजे

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि