मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन « Khabarhub

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे ।

‘केही मान्छे भन्छन्, कामना गर्छन्, यो सरकार ढलिजाओस् भन्छन् । केहीले त जथाभावी बोल्न थाले, अति नै गर्न थाले । अस्ति पुष्पकमल दाहाल प्रचण्ड र रविवाला सरकार हुँदा त्यसै गर्थे । त्यस्तै कुरा अहिले दोहोर्‍याउन चाहेका छन्’, ‌ओलीले भने, ‘तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् ।’

मा‌ओवादी र रास्वपातिर लक्षित गर्दै ‌ओली आयु सकिएपछि कमिलाको पनि पखेंटा पलाउने बताए । ‘समय सकियो भने कमिलाको पनि पखेंटा पलाउँछ । कमिलाले पखेंटा पलाएछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ’, उनले भने, ‘यिनीहरूलाई पनि त्यस्तै भएको छ। सरकारलाई सरापेको सराप्यै छन् तर यो सरकार समृद्धि र स्थायित्वको लक्ष्य पूरा गर्न बनेको हो ।’

ओलीले भ्रष्टाचारले सीमा नाघेको, राजनीतिक नृत्य गरेको देख्न नसकेपछि कांग्रेस र एमाले मिलेको बताए ।

‘हेर्दा हेर्दै भ्रष्टाचारको कुनै सीमा रहेन । जनताले भन्न थाले, एमाले र कांग्रेस जस्ता पार्टी हुँदा हुँदै यी कसका नाच हुन् ? अरु कलाकार बनेर धुमाधाम नाच्न थालेका थिए । त्यसपछि हामीले त्यसलाई सच्याउनुपर्छ भनेर मिलेका हौँ । दुई दलले देशमा स्थिरता कायम गरेर सुशासन र विकास फर्काउन लागेका छन् ।’

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरण ०८४ सम्मै अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामबाट जनता निराश भएपछि ठूला दल एकै ठाँउ उभिएको बताए ।

अहिलेको सरकारले सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाग्ने उनको भनाइ छ । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएको भन्दै जातीय छुवाछुतलाई निर्मुल पार्न विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ०१ बजे

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।