झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती « Khabarhub

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।

ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनको भनाइ छ ।

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ ।

हाल गरिएको नमूना खेतीमा डीएपी मल र बीउ एकै पटक राखिएको छ । जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो । उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १० : ३६ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी