सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश « Khabarhub

सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगमा रोक लगाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोग गर्दा सर्वसाधरणको मृत्यु भएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै प्रहरी प्रयोग गर्दै आएको मेटल बुलेटको प्रयोगले निरन्तरता पाउने आधार बनेको छ ।

पछिल्लो एक महिनामा मात्र प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण नागरिकको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : १६ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा