बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा « Khabarhub

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युनियनिस्टाज सालामाङ्काविरुद्ध पुनरागमन जित निकाल्दै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्कासँग १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले ३-१ को जित निकालेको हो ।

३१औं मिनेटमा जुआन सेरानोको क्रसमा सानदार भली प्रहार गर्दै अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल गर्न गर्यो । कर्नर पश्चात काउन्टर अट्याकमा जोआओ फेलिक्सको पासमा फेरान टोरसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड बनायो । ६९औं मिनेटमा जुल्स कुन्डेले बक्स बाहिरबाट आक्रामक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

त्यसको चार मिनेट पछि कुन्डेकै पासमा अलेहान्द्रो बाल्डेले गोल गरेपछि खेलमा बार्सिलोना बलियो भएको थियो । कोपा डेल रेको क्वार्टरफाइनलको ड्र शुक्रबार हुने छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ३० बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी