बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने « Khabarhub

बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– सहकारीका बचतकर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।

चितवन क्षेत्र नम्बर दुई बाट  निर्वाचित सांसद समेत रहेका लामिछानेले बचत कर्ताको सुरक्षा राजनीतिक दलका रुपमा जनप्रतिनिधिका रुपमा र जिम्मेवार व्यक्तिमा रुपमा प्राथमिकतामा रहेको बताएका छन् । 

रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दावी थियो ।

 पूर्व गृहमन्त्री समेत रहेको लामिछानेले सहकारीको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । ‘सरकारबाट अनुमति लिएका सहकारीहरुमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने ‘यसको समाधान राजनीतिक रुपमा गर्नुपर्दछ।’

यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभिका प्रबन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । 

 जिबि राईलाई समात्न किन सकिएन ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले राज्यका कारण समात्न नसकेको उत्तर दिए । ‘समात्न सरकार लाग्नुपर्‍यो हामी सघाउन तयार छौँ ।’

जोसंग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने ।’ उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन् ।

 

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ०२ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको