घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्   | Khabarhub Khabarhub

घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्  


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घर परिवारको वातावरण शान्त होस् । परिवारका सदस्यहरू बीचमा आपसी साथ सहयोग र माया होस् भन्ने हरेकको चाहना हुन्छ । तर धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान गर्न वास्तु शास्त्रले पनि केही उपायहरू बताएको छ ।

वास्तु दोषका कारण धेरैको घर परिवारमा राम्रो वातावरण सिर्जना हुन पाउँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ–

१. ओछ्‌यान धातुको हुनु हुँदैन

वास्तु शास्त्रअनुसार सुत्ने खाट, पलङ वा ओछ्‌यान धातुको हुनु हुँदैन भनिएको छ । काठको खाट सबैभन्दा शुभ मानिन्छ । श्रीमानश्रीमती सुत्ने बेडमा एकै डसना हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबीच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

२. डाइनिङ रुम सही दिशामा राख्ने
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

३.  पर्खाल चर्किएको हुनु हुँदैन
घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ । त्यसैले चर्किएका पर्खालको मर्मत गरिनु पर्छ।

४. उत्तर दिशामा तुलसीको बोट रोप्ने

घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा तुलसीको मठमा दियो बाल्दा  घर झगडा, विवाद र परिवार बीचको आपसी मनमुटाव हटेर जाने मान्यता छ ।

५.  सूर्यको प्रकाश छिर्ने कोठा बनाउने

वास्तुशास्त्र अनुसार घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबीच प्रेम र स्नेह बढ्दछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ५० बजे

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं– नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र

प्रचण्डको स्पष्टीकरण : नेकपाका संरचना अपूरा छन्, विधानअनुसार समावेशी बनाउँदै जान्छौं  

काठमाडौं– नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा