प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा दिएको जवाफमा नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्रीको जवाफ चित्त  बुझ्दो नआएको र यसले झनै आश‌ंका बढाएको बताए । 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको जवाफपछि बोल्दै कांग्रेस नेता लेखकले लामिछानेमाथि  उठेका प्रश्नको विषयमा प्रधानमन्त्री भ्रममा रहेको बताए । 

उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजिनामा दिने चलन छ । खै त गृहमन्त्रीले राजीनामा दिएको ? प्रधानमन्त्रीलाई गलत सूचना दिइँदै छ । उहाँलाई जानकारी नै छैन ।’

लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू पोखरा जाँदा तपाईंले पीडित भेटेको होइन ?’  पीडितले जाहेरी दिएका होइनन् ? प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ ।’ 

लेखकले अन्य मन्त्रीहरूमाथि प्रश्न उठेपछि राजीनामा दिएको सूची नै सभामुखसामु प्रस्तुत गरे । लेखकले सो विषयमा छानबिन समिति गठन गरेर छानविन गर्नसमेत माग गरेका छन् ।

उनले भने, ‘छानबिन समिति गठन गरौँ । दूधको दूध पानीको पानी छर्लङ्ग हुन्छ ।’

यो पनि-

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : ०९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस