साथीको हत्या गरी फरार अभियुक्त २१ वर्ष पछि पक्राउ « Khabarhub

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्ष पछि पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुकाे नेचा सल्यान-४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेज बहादुर राई रहेका छन् ।

२०५९/०६/१४ गते काठमाडौं महानगरपालिका- १९ मरुढोका ईनाटोल स्थित विनोद शाहीको राँगा काट्ने बधशाला भित्र ईनाटोल नै घरभएका २६ वर्षीय संजय शाहीलाई तिखे समेतले फलामको रडले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात् विष्णुमती खोला किनारमा फाली फरार रहेकोमा राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई मंगलबार आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौं बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : ५१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो