कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी « Khabarhub

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ । बिहीबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो ।

स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत कब्जामा लिएका थिए ।  

सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्टले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले अहिलेसम्म सो जग्गा छोडेका थिएनन् ।

उनले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटले आरोप लगाइरहेको छ । खड्काले आफूले लिएको सो जग्गा र भवन अरूलाई भाडामा लगाइरहेको पाइएको छ ।

स्काउटको सम्पत्ति खाली गर्न अदालतले यस अघि नै आदेश दिए पनि सरकारले खड्कालाई अहिलेसम्म हटाएको थिएन ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ०९ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६