सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने, ५२ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुने तिनै जना भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतीका रहेका छन् । बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

 ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । एक जना बसले च्यापिएको अवस्थामा रहेका छन् । दुर्घटनामा बेहुलासहित ५४ जना घाईते भएका थिए । घाइते मध्ये शरीरका विभिन्न अंगमा गहिरो चोटपटक लागेका २७ जना गम्भीर घाईतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । 

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेस दोलखा नेता सुवास लामाले बताए। २७ जना गम्भीर घाइते मध्ये पनि ८ जनाको शरीरका हातखुट्टा र टाउकोमा गहिरो चोट लागेको हुँदा उनिहरुलाई थप उपचारको लागि काठमाडौ लैजाने तयारी रहेको लामाले बताए । 

उक्त बस भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख  ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज बिहान साढे सात बजे दुर्घटना भएको थियो । 

अहिले भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर पनि घाइतेको अवस्था बुझ्न सिन्धु सदावहार अस्पताल सिन्धुपाल्चोक पुगेका छन्।

-सुबास बस्नेत

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ३० बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा