कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल « Khabarhub

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको हो ।

प्रदेशसभाकाे आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको माओवादी केन्द्र संसदिय दलका नेता इन्द्र आङ्बोले बताए ।

हसंकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

प्रदेशसभाको बैठकमा सत्ता पक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरभन्दा बढी छ । प्रदेशसभामा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाकाे १ गरी ५८ सांसद विपक्षी बेन्चमा बसेका छन् । आजको बैठक सुरु हुँदा विपक्षका ६ सांसद भने अनुपस्थित छन् ।

९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।

संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्नसक्ने भएकाले अल्पमतमा परेको सरकारले नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको आङ्बोले बताएका छ्न।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ५९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६