कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल | Khabarhub Khabarhub

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको हो ।

प्रदेशसभाकाे आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको माओवादी केन्द्र संसदिय दलका नेता इन्द्र आङ्बोले बताए ।

हसंकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

प्रदेशसभाको बैठकमा सत्ता पक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरभन्दा बढी छ । प्रदेशसभामा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाकाे १ गरी ५८ सांसद विपक्षी बेन्चमा बसेका छन् । आजको बैठक सुरु हुँदा विपक्षका ६ सांसद भने अनुपस्थित छन् ।

९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।

संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्नसक्ने भएकाले अल्पमतमा परेको सरकारले नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको आङ्बोले बताएका छ्न।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ५९ बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति