आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट | Khabarhub Khabarhub

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


16.4k
Shares
  • change font
  • change font
  • change font

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर आफूमाथि लगाएका आरोपबारे दिएको जवाफबारे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ ।

उपप्रधानमन्त्री लामिछानेले संसद्‍मा स्पष्टीकरण दिने क्रममा नेपाली कांग्रेस र खासगरी महामन्त्री गगनकुमार थापामाथि कयौँ आरोप लगाएका छन् ।

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न गठित कार्यदलको बैठकले आइतबार अपरान्हसम्म सहमति जुटाउन असफल भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा कुरा अड्किएपछि सहमति जुटन नसकेको हो ।

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । दुई दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देउजाले बहुमत पदाधिकारीसहित कार्यकाल दोहोर्‍याएका हुन् ।

देउजाले अध्यक्षका अर्का प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले साथ दिएका थिए । २०७९ को आमनिर्वाचनमा पनि पराजित बस्नेतलाई एमालेको आन्तरिक चुनावमा पनि धक्का लागेको छ ।

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् ।

माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाइँसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आज भेट गरेकी हुन् ।

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए ।

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्

यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ ।

धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिक टन गरी ७८ हजार १७९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ ।

महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो ।

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या सडक पेटीमा बस्ने समूहबाट भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार काठमाडौंको मनमैजुस्थित एक निर्माणाधीन घरमा हत्या गरिएका घिमिरे प्रकरणबारे पत्रकार सम्मेलन गर्दै ७ जनालाई सार्वजनिक गरेको छ ।

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका- १ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो ।

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ८ : ०४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि