जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी « Khabarhub

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता संरक्षणमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

डब्लुडब्लुएफ नेपालको ३१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले जैविक विविधता संरक्षणमा संलग्न डब्लुडब्लुएफ नेपाललगायत सबै संरक्षण साझेदार र स्थानीय समुदायप्रति आभार व्यक्त गरे । साथै उनले नेपालमा संरक्षणमा डब्लुडब्लुएफ नेपाललद्वारा गरिएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारको सधैं समन्वय हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले आफूहरुले नेपालको जैविक विविधता संरक्षणका साथै वन्यजन्तु चोरी–सिकार नियन्त्रण, एकीकृत नदी बेसिन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै गरेका कामबारे अवगत गराए ।

उनले जलाधार र सिमसार क्षेत्र संरक्षण, जलवायु स्मार्ट र वन्यजन्तु प्रवद्धन तथा वन्यजन्तुमैत्री पूर्वाधारमा सक्दो सहयोग र कोसिस गरेको उल्लेख गरे । राष्ट्रिय प्रतिनिधि डा गुरुङले नेपाल सरकार, साझेदार अन्य निकाय र दाताहरुको निरन्तर सहयोगका कारण नै संरक्षणका क्षेत्रमा सफलता हासिल भएको बताए ।

कार्यक्रममा सरकारी अधिकारीहरू, विभिन्न मुलुकका राजदूत, अन्तर्राष्ट्रिय र राष्ट्रिय संरक्षण र विकास साझेदार निकायका प्रतिनिधिलगायत उपस्थित थिए। त्यस्तै डब्लुडब्लुएफ नेपालले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पु-याए बापत यस वर्षको संरक्षण पुरस्कार अनिल अधिकारी, हिमाली संरक्षण मञ्च र धनगढी उपमहानगरपालिकालाई प्रदान गरेको छ । साथै यस वर्ष मुलुकभरका विभिन्न १० जना विद्यार्थीलाई स्मृति छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालले तराईका विभिन्न क्षेत्रमा भूमिगत जल रिचार्ज र पानी पुनः पूर्ति सुधारमा गरेको सहयोगका लागि कोकाकोला कम्पनी र सिमसारको पुनः भरण र निर्माणमा सहयोगका लागि काल्र्सबर्ग ब्रेअरिजलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

सो अवसरमा डब्लुडब्लुएफ नेपालको पुस्तक “३० पृष्ठमा ३० वर्ष” विमोचन गरिएको थियो । पुस्तकमा डब्लुडब्लुएफ नेपालको ३० वर्षको कोशेढुङ्गाको चित्रमय यात्रा ३० पृष्ठमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १० : ४२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका