प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पक्राउ परे प्रेमी, मोबाइलमा भेटिए विवादित म्यासेज « Khabarhub

प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पक्राउ परे प्रेमी, मोबाइलमा भेटिए विवादित म्यासेज


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


43.5k
Shares
  • change font
  • change font
  • change font

सिरहा- जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा उनका प्रेमी पक्राउ परेका छन् ।

गत जेठ ३१ गते जिप्रका सिरहाको महिला सेलमा कार्यरत जवान सुनार शौलाचयमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

यो प्रकरणमा बाँकेको वैद्यनाथ गाउँपालिका-२ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्विवेदीका अनुसार थापा मगरलाई मंगलबार पक्राउ गरेर बुधबार अदालतमा म्याद लिइएको छ ।

इन्सपेक्टर द्विवेदीका प्रहरी जवान सुनारको मोबाइल फोनमा थापा मगरले पठाएका कयौँ विवादित म्यासेजहरू भेटिएका छन् । उनका अनुसार थापा मगरले मानसिक तनाव दिने गरी म्यासेजहरू पठाएको भेटिएको हो ।

करिश्मा जिल्ला प्रहरी कार्यालयभित्रको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा गत जेठ ३१ गते मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाउन म्याद लिइसकेको बताए । सुनार पनि बाँकेको खजुरा गाउँपालिका-४ निवासी हुन् । उनी अविवाहित थिइन्, उनका प्रेमी पुष्कर पनि बाँकेकै हुन् ।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : ०६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य