अनुहारलाई चम्किलो बनाउने ५ उपाय  « Khabarhub

अनुहारलाई चम्किलो बनाउने ५ उपाय 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर देखिन सबैले प्रयास गर्दछन् । मानिसको पहिलो परिचय नै उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

आज हामी अनुहार सुन्दर देखाउने केही घरेलु उपायबारे चर्चा गर्नेछौ :

१ अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

२ बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्‍याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

३ अनुहारको छाला सुख्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाउने गरेमा सुख्खापन हराउँदै जान्छ । यसका लागी एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

४ मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखरता ल्याउन सक्छ ।

५  टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरूका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २३ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस