कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित « Khabarhub

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो । 

यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए । 

आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो ।

अब संसद्को अर्को बैठक बिहीबार ११ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा