आजका समाचार : कर्मचारीको आन्दोलनले संसद् बैठक स्थगित, प्योङयाङमा किम–पुटिन मोर्चाबन्दी  | Khabarhub Khabarhub

आजका समाचार : कर्मचारीको आन्दोलनले संसद् बैठक स्थगित, प्योङयाङमा किम–पुटिन मोर्चाबन्दी 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन्‌ ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका लागि गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।

ख इलाम-१ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

बजेटको दुरुपयोग भयो, रिराइट गर्नुपर्छ : कांग्रेस

विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन : उपसभापति खड्का

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो ।


यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए ।

आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो ।

संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि‘

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण

दूधको भुक्तानी गर्न सांसदहरुको माग

कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा उत्रिए सांसदहरू

बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै

कवाडी व्यवसायीलाई अमरेशले भने-सबै कवाडी बालेनको घर अगाडि थुपारिदिनु

प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभा स्थगीत
कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिष्कार गरेपछि स्थगन भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५९४० बमोजिम आर्थिक वर्ष २०८१-८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो ।


निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सहकारी विभागको सिफारिसमा समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आयोगको आग्रह

सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र

प्रहरी धरपकडले तितरबितर कवाड व्यवसायी फेरि उत्रिए सडकमा 
कवाड हटाउने निर्णयको विरोध गर्दै मंगलबार काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा प्रहरीले दमन गरेपछि तितरबितर कवाडी व्यवसायीहरूले बुधबार फेरि प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्म नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।


बुधबार प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले कवाडी व्यवसायीहरूमाथि प्रहरी दमनको कडा विरोध जनाएका छन् ।

अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप 

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

नुहाउन गएका दुई बालकको बलानको बाढीले बगाउँदा मृत्यु

प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पक्राउ परे प्रेमी, मोबाइलमा भेटिए विवादित म्यासेज

पाँच महिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिकाले बेवास्ता गरेपछि तनावमा थिए अजित

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीच प्योङयाङमा दुई घण्टा लामो वार्ता भएको छ ।

भ्लादिमिर पुटिन बुधवार उत्तर कोरिया उत्रिँदा उनको भब्य स्वागत भएको थियो ।


स्वागत समारोहपछि बाद राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच एक्ला एक्लै दुई घण्टा लामो वार्ता भएको छ ।

रुसी समाचर एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यी दुई नेताहरूबीच करिब दुई घण्टा लामो वार्ता भएको हो ।

किम जोङ्ग उनले वार्तापछि यूक्रेनमा रूसको अक्रमणको समर्थन गरेका छन् । रूसी एजेन्सी इन्टरफ्याक्सको एक रिपोर्ट अनुसार उनले उत्तर कोरियाको उद्धेश्य रुससँग रणनीतिक सहयोगलाई अझै बलियो बनाउनु रहेको बताएका छन् ।

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियामा, नेता किमद्वारा स्वागत

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग

भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित

पहिरो प्रभावित पपुवा न्युगिनीलाई भारतको सहयोग

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ५९ बजे

विश्वकपको सेमिफाइनलमा अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब सुरुवात : चार ओभरमा गुमायो चारै विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार

आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार