टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण « Khabarhub

टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भजनी– टीकापुरमा एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । आर्थिक वर्ष २०७८-७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।

दुईतले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ । 

हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन् । प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ । महिला तथा बालबालिका राख्ने भवनको अवस्था पनि नाजुक छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ०७ बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार